Belbari Multiple Campus

सकारात्मक जीवनशैली तथा तनाबरहित जीवन’ कार्यक्रम सम्पन्न

17 day(s) ago

 मिति २०८१ बैशाक २१ गते शुक्रबारको दिन Lions Club International Belbari द्वारा आयोजित बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा नेपालकै लोकप्रिय विद्वान डा. राजु अधिकारीबाट ‘सकारात्मक जीवनशैली तथा तनाबरहित जीवन’ शिर्षकमा १ दिने कार्यक्रम भब्यताका साथ सम्पन्न भयो। सो  कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष एबम् कोशी प्रदेश सभासदस्य माननीय ज्ञानेन्द्र सुबेदी ज्यू लगायत अन्य सदस्यहरु, बेलबारी क्षेत्र लगायत आसपासका आदरणीय ब्यक्तित्वहरु, सर्बसाधारण, बिध्यार्थीहरु, शिक्षक –कर्मचारीहरु, पत्रकारहरु लगायत  मोरंग जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाहको समेत उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा डा. राजु अधिकारीले स्वस्थ र तनाबबाट मुक्ति हुनकोलागी खानपान र योगमा ध्यान दिनुपर्ने, बिद्यार्थीहरुलाई बिद्यालय देखि कलेजसम्म संस्कारयुक्त शिक्षा प्रदान गर्नुपर्ने जस्ता जीबंनपयोगी  प्रवचन दिनुभएको थियो। बेलबारीकै इतिहासमा पहिलोपटक यस्तो लोकप्रिय र महत्त्वपूर्ण कार्यक्रम भएको भन्दै सो कार्यक्रमका मुख्य आकर्षक व्यक्तित्त्व डा. राजु अधिकारी, सहभागीहरु सबैलाई साथै आयोजक सस्थालाई क्याम्पस प्रमुख भुपेन्द्रप्रसाद कोईरालाले हार्दिक आभार ब्यक्त गर्नुभयो। कार्यक्रमको उद्घाटनसत्रमै बेलबारी १ निवासी शेषराज घिमिरेले आफ्नो स्वर्गीय मातापिताको चीरस्मरणमा बेलबारी बहुमुखी क्याम्पस बिपन्न वर्ग सहयोग अक्षयकोषमा रु ३१ हजार ६ सय ५१ रुपैया प्रदान गर्नुभई कार्यक्रमलाई थप रौनक र उत्साहजनक बनाउनुभएको थियो।